Kundli(Birth chart) Matchmaking
विवाहको लागि चिना किन जुराउने ?
विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र नभई दुई परिवारबीचको आजीवन बन्धन पनि हो। त्यसैले विवाहपूर्व चिना (कुण्डली) मिलान गर्नु नेपाली समाजमा महत्वपूर्ण मानिन्छ। चिना जुराउँदा भावी जीवनसाथीको स्वभाव, विचार, व्यवहार तथा पारिवारिक समायोजनको सम्भावनाबारे जानकारी प्राप्त गर्न सकिन्छ ,चिना मिलानको मुख्य उद्देश्य दाम्पत्य जीवन सुखमय, प्रेमपूर्ण र सम्मानजनक बनाउनु हो। यसबाट दुवै व्यक्तिबीच परस्पर प्रेम, समझदारी र विश्वास कायम रहने सम्भावना मूल्याङ्कन गरिन्छ। साथै, दुई परिवारबीचको सम्बन्ध सुदृढ रहोस्, सन्तान प्राप्तिमा कुनै बाधा नआओस्, यौन सम्बन्धको पक्ष तथा एक व्यक्तिको ग्रहस्थितिले अर्कोलाई स्वास्थ्य, मानसिक वा अन्य प्रकारका नकारात्मक प्रभाव नपारोस् भन्ने पक्ष पनि विचार गरिन्छ।यदि कुण्डलीमा विवाहसम्बन्धी कुनै दोष वा ग्रहजन्य समस्या देखिएमा त्यसका उपयुक्त धार्मिक वा ज्योतिषीय उपायहरू पनि पहिचान गर्न सकिन्छ। यसका अतिरिक्त, दाम्पत्य जीवनको महत्वपूर्ण पक्ष मानिने यौन तथा भावनात्मक अनुकूलताको पनि अध्ययन गरिन्छ, जसले भविष्यमा उत्पन्न हुन सक्ने समस्याहरूलाई समयमै बुझ्न र समाधान गर्न सहयोग पुर्याउँछ।प्रेम सम्बन्धमा रहेका जोडीहरूका लागि पनि चिना मिलान उपयोगी मानिन्छ। यसबाट भविष्यमा आउन सक्ने चुनौतीहरू, व्यक्तित्वका लुकेका पक्षहरू तथा सम्बन्धलाई असर पार्न सक्ने सम्भावित कारणहरूको पहिचान गरी समयमै उचित तयारी गर्न सकिन्छ।त्यसैगरी, चिना जुराउँदा विवाहका लागि उपयुक्त समय, शुभ मिति, बार तथा अन्य आवश्यक ज्योतिषीय पक्षहरूको निर्धारण गर्न पनि सहायता प्राप्त हुन्छ। यसैले चिना मिलानलाई केवल स्वभाव मिलानको प्रक्रिया मात्र नभई सफल, सुखी र सन्तुलित वैवाहिक जीवनको आधार तयार गर्ने महत्वपूर्ण माध्यमको रूपमा हेरिन्छ।
in order for marriage to be harmonious, kundli mathching is necessary. Otherwise, you don't know how the marriage is going to workout. It will be like a couple therapy from an astrologer.
- शुल्क
- $५०
